म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं – म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको दोस्रो लेगको खेलमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेइन (पिएसजी) लाई २–० तथा समग्रमा ४–१ गोलले पराजित गर्दै सिटी लिगको इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको हो।

घरेलु मैदानमा सिटीको जितमा दुबै गोल रियाद महरेजले गरे। खेलको ११ औं र ६३ औं मिनेटमा महरेजको गोल गरे। खेलको अन्तिमतिर डि मारियाले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा समेटिएको थियो। दोस्रो लेगमा पिएसजीका केलियन एम्बाप्पे चोटका कारण खेलेका थिएनन्।

सिटीले अब उपाधिको लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग मे २९ तारिखमा खेल्नेछ।


Leave a Reply

Your email address will not be published.