सरकारबाट समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाउने माओवादी केन्द्रको तयारी

सरकारबाट समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाउने माओवादी केन्द्रको तयारी

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आज संसद सचिवालयमा बुझाउने तयारी गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेपछि सरकारलाई समर्थन फिर्ता लिएको जानकारी दिन लिखित रुपमै पत्र काट्ने निर्णय भएको हो।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने तयारी गरेपछि माओवादी समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले विश्वासको मत लिनैका लागि संसदको अधिवेशन बोलाएर सरकारले नियमित छल्न खोजेको आरोप लगाए।
नियमित अधिवेशन बोलाउनुपर्ने ठाउँमा विश्वासको मत लिन विशेष अधिवेशनको हिसाबले बोलाइएकोले प्रधानमन्त्री ओलीको नियत ठीक नदेखिएको उनले बताए। वैकल्पिक सरकारको सम्भावना कायम रहेको बताउँदै उनले यसबारे अन्य राजनीतिक दलहरूसँग छलफल भइरहेको बताए।


Leave a Reply

Your email address will not be published.