झापामा आज बिहान एक कोरोना संक्रमित महिलाको मृत्यु

झापामा आज बिहान एक कोरोना संक्रमित महिलाको मृत्यु

झापा – झापाको मेचीनगर नगरपालिका-६ काँकडभिट्टाकी कोरोना संक्रमित एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ। लामो समयदेखि पित्तथैलीमा क्यान्सर भएकी ५८ वर्षीया महिलाको केहीदिनअघि बिएन्डसी अस्पताल बिर्तामोडमा गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएको थियो। त्यसपछि उनी घर आएकी थिइन्।

वैशाख १९ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको थियो। त्यसपछि पनि उनी घरमै बसेकी थिइन्। उनको आज बिहान घरैमा मृत्यु भएको वडाध्यक्ष ललितबहादुर तामाङले बताए। उनका दुई छोरामध्ये एउटाको रिपोर्ट पोजेटिभ छ। मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गरिरहेको छ।


Leave a Reply

Your email address will not be published.