ट्रम्पले सञ्चालनमा ल्याए आफ्नो नयाँ वेबसाइट

ट्रम्पले सञ्चालनमा ल्याए आफ्नो नयाँ वेबसाइट

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वेबसाइट लन्च गरेका छन्। फेसबुक, ट्विटर तथा युट्युबले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नै वेबसाइट सञ्चालनमा ल्याएका हुन्।

नयाँ लन्च गरिएको वेबसाइटको नाम ‘फ्रम द डेस्क अफ डोनाल्ड जे ट्रम्प’ राखिएको छ। जहाँबाट उनले आफ्ना विचार, प्रेस रिलिज तथा विज्ञप्तिहरु जारी गर्नेछन्। र, त्यसलाई प्रयोगकर्ताहरुले लाइक गर्न तथा सामाजिक सञ्जालमार्फत सेयर गर्न सक्नेछन्।

गत जनवरीमा क्यापिटलमा भएको दंगा उक्साउने गरी अभिव्यक्ति दिएको भन्दै फेसबुक, ट्विटर र युट्युबले उनको अकाउन्टमाथि प्रतिबन्ध लगाएका थिए। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने तयारीसमेत गरिररहेका बताइएको छ।


Leave a Reply

Your email address will not be published.