अधिवेशन आह्वानको समयमा अध्यादेश जारी गर्नु लोकतन्त्रको उपहास : भीम रावल
काठमाडौं – सत्तारुढ नेकपा एमालेका नेता भीम रावलले संसद छलेर अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले संसदको नियमित अधिवेशन आह्वान गर्नुपर्ने समयमा अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाएका हुन्।
‘संसदको अधिवेशन अनिवार्य आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी! संविधानको मर्म र लोकतन्त्रको उपहास!,’ रावलले लेखेका छन्।
मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघिका अध्यादेशलाई निरन्तरता दिन पुनः सातवटा अध्यादेश जारी गरेकी थिइन्। जसमा विवादित संवैधानिक परिषदसम्बन्धी अध्यादेशसमेत रहेको छ।