सुनको भाउ घट्यो, तोलाको कति?

सुनको भाउ घट्यो, तोलाको कति?

तीन दिनदेखि बढिरहेको बहुमूल्य पहेँलो धातु सुनको भाउ बुधबार घटेको छ। आज तोलामा ३ सय रुपैयाँले गिरावट आएको हो। हिजो २ सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ बुधबार तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार ९० हजार ६ सय थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ बुधबार ३ सयले घटेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार ९० हजार १ सय थियो। सोमबार ८९ हजार ९ सय, आइतबार ८९ हजार ५ सय र शुक्रबार ८९ हजार ४ सय ५० मा अडेको थियो।

त्यस्तै चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ घटेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारदेखि आइतबारसम्म स्थिर रहेको चाँदी मंगलबार तोलाको १ हजार ३ सय २५ रुपैयाँ थियो। सोमबार १ हजार ३ सय, आइतबार र शुक्रबार १ हजार २ सय ९५ मा कारोबार भएको थियो।

छापावाल सुन वैशाख १५ मा तोलाको ९० हजार ५ सय, १६ मा ९० हजार ८ सय, १७ मा ८९ हजार ५ सय, १९ मा ९० हजार, २० मा ९० हजार ४ सय र २१ गते ९० हजार ६ सय रुपैयाँ थियो।


Leave a Reply

Your email address will not be published.