ओली सरकारलाई दिएको समर्थन फिर्ता- माओवादी केन्द्रले संसदमा बुझायो पत्र
नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको सरकारलाई लिएको समर्थन फिर्ता लिएको बारे संसद सचिवालयलाई जानकारी गराएको छ।
माओवादी केन्द्रका तर्फबाट मुख्य सचेतक देब गुरुङसहितको टोलिले सचिवालय पुगेर समर्थन फिर्ताको पत्र बुझाएका हो। सचिवालयका तर्फबाट प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले उनीहरुको पत्र बुझेका छन्। सचिवालयलाई औपचारिक पत्र बुझाएसँगै ओली सरकार अल्पमतमा परेको छ।

