अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा नेपालका कुशल भुर्तेल
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको छ। जसमा नेपालका कुशल भुर्तेल पनि समावेश भएका छन्। उनीसँगै पाकिस्तानका बाबर आजम र फखर जमानको नाम पनि सार्वजनिक गरिएको छ।
गत महिना नेपालमा भएको त्रिदेशीय टी–२० सिरिजमा कुशलले डेब्यु खेलमै अर्धशतक प्रहार गरेका थिए भने लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान पनि बनाएका थिए।
उनले नेदरल्याण्ड्ससँगको खेलमा ६२, मलेसियासँगको खेलमा ६१ र नेदरल्याण्ड्सँगकै खेलमा ६२ रन बनाउँदै कीर्तिमान बनाएका थिए।
भोट गर्न कुशलमा क्लिक गर्नुस् – कुशल