यस्ता छन् प्रधानमन्त्री ओलीमाथि ‘प्रचण्ड’ ले लगाएका आरोप…

यस्ता छन् प्रधानमन्त्री ओलीमाथि ‘प्रचण्ड’ ले लगाएका आरोप…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले बुधबार औपचारिक रूपमा फिर्ता लिएको छ।

सरकारबाट समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले संसद सचिवालयमा बुझाएका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन संसद सचिवालयमा बुझाइएको पत्रमार्फत संसदीय दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीमाथि आधा दर्जनभन्दा बढी आरोप लगाएका छन्।

प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाएका आरोपहरूः

१. प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि नैतिकताका आधारमा राजीनामा नदिएर ओली नेतृत्वको सरकारले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको

२. लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रूपमा निक्रिष्ट ढंगबाट सञ्चालन गरिरहेको

३. निर्वाचनमा जनताले दिएको जनादेशविपरित सामाजिक न्यायसहितको समृद्धि एवं समाजवादको निर्माण गर्ने लक्ष्यलाई ध्वस्त बनाएको

४. नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको

५. कोरोनाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको

६. राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाइ देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगेको

७. लोकतान्त्रिक र संसदीय मान्यताविपरित अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत हुँदै गइरहेको


Leave a Reply

Your email address will not be published.