प्रचण्ड र माधवसँग उपेन्द्रको भेटवार्ता

प्रचण्ड र माधवसँग उपेन्द्रको भेटवार्ता

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्।

हात्तिवनस्थित एक घरमा उनीहरूबीच आज भेटवार्ता भएको हो। प्रचण्ड र नेता नेपालले जसपा अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेको जसपाका एक नेताले बताए।

भेटघाटमा पछिल्लो राजनीतिक स्थितिबारे छलफल भएको ती नेताले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत असफल बनाउने, गठबन्धनको सरकार बनाउनेलगायतका विषयमा छलफल भएको उनको भनाइ छ।


Leave a Reply

Your email address will not be published.