ओलीलाई झाँक्रीको चेतावनी-हामी त डुब्छौं नै, तिमीलाई पनि लिएर डुब्छौं
काठमाडौं
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई डुबाए उनलाई पनि डुबाउने चेतावनी दिएकी छिन्।
‘हामी त डुब्छौं नै। हामी सत्यानास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौं,’ प्रधानमन्त्री ओलीतर्फ इंगित गर्दै झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्।

‘यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज,’ उनले भनेकी छिन्,‘विचार गर, दम्भ, अहंकार र जिद्दी छोड।’
झाँक्रीले सामाजिक सञ्जालमा हिन्दीको एउटा भनाइसमेत राकेकी छिन्।
‘हिन्दीमा एउटा कहावत छ– हम तो डुबेंगे ही सनम, आप को भी ले डुबेंगे….अगर डुबने से बचना है तो किनारा ढुढों।’