राष्ट्रपतिबाट फेरि अर्को अध्यादेश जारी

राष्ट्रपतिबाट फेरि अर्को अध्यादेश जारी

काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि अर्को अध्यादेश जारी गरेकी छिन्। सात वटा अध्यादेश जारी गरेको एक दिन नबित्दै भण्डारीले अर्को अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले बुधबार रेल्वे अध्यादेश जारी गरेकी छिन्।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मंगलबार उनले संवैधानिक परिषदसहित सात वटा अध्यादेश जारी गरेकी थिइन्। संसद अधिवेशन नजिक आइरहेका बेला अध्यादेश जारी गरिएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published.