लुम्बिनी प्रदेशः एमालेका थप एक सांसदले दिए राजीनामा

लुम्बिनी प्रदेशः एमालेका थप एक सांसदले दिए राजीनामा

काठमाडाैं

लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले राजीनामा दिएका छन्। नेकपा एमालेका तर्फबाट दाङ २(२) बाट निर्वाचित सांसद डाँगीले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै राजीनामा दिएका छन्।

राजीनामा उनले विरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त हुन चाहेको उल्लेख गरेको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

प्रदेश सभाको अधिवेशन चालू नरहेकाले प्रदेशसभा सचिवालयले डाँगीले राजीनामा दिएको र उक्त ठाउँ रिक्त हुन आएकोबारे जानकारी दिन सूचना जारी गरेको हो।

पछिल्लो समय लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्ति विवादमा तानिएको छ। एमालेभित्रकै सांसदहरुसमेत असन्तुष्ट छन्। यसअघि पोखरेल मुख्यमन्त्रीमा पुनःनियुक्ति भएकै दिन सांसद दृगनारायण पाण्डेयले समेत राजीनामा दिएका थिए । पाण्डेय भने कांग्रेसमा प्रवेश गरिसकेका छन् ।


Leave a Reply

Your email address will not be published.