प्रधानमन्त्री ओली देउवा निवासमा

प्रधानमन्त्री ओली देउवा निवासमा

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्। केही बेरअघि उनी पार्टीका शीर्ष नेतासहित त्यहाँ पुगेका हुन्।

ओलीसँग उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासमेत देउवा निवास गएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आयोमेललाई जानकारी दिए ।

भट्टराईले समसामायिक राजनीतिक भेटका लागि प्रधानमन्त्री देउवा निवास पुगेको दाबी गरेका छन्। यद्यपि, वैशाख २७ नजिकिँदै जाँदा प्रधानमन्त्री आफैैं देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published.