देउवा निवासबाट फर्किए ओली

देउवा निवासबाट फर्किए ओली

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता सकिएको छ। झन्डै दुई घण्टा चलेको भेटवार्तापछि प्रधानमन्त्री ओलीसहित एमाले नेताहरू देउवा निवास बुढानीलकण्ठबाट बाहिरिएका छन्।

भेटवार्तामा प्रधानमन्त्री ओलीका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरू सहभागी थिए।

यसैगरी सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय सशांक कोइराला र पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, रमेश लेखक छलफलमा सहभागी थिए।

प्रधानमन्त्री ओलीसहितका नेताहरू बाहिरिए पनि कांग्रेस नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।


Leave a Reply

Your email address will not be published.