सत्ता सहकार्य गर्ने ओलीको प्रस्ताव कांग्रेसद्वारा अस्वीकार
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। देउवालाई भेट्न उनकाे निवास बुढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका छन्।
भेटमा भएका कुराकानीबारे जानकारी दिँदै कांग्रेसका सहमहान्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले सत्ता सहकार्यको प्रस्ताव गरे पनि लोकतान्त्रिक मूल्य र मान्यता मिचेर हिँडेकासँग सहकार्य पनि नहुने र वैशाख २७ गते विश्वासको मतमा पनि सहयोग नगर्ने जवाफ दिइएको महतले जानकारी दिए।
लोकतान्त्रिक मूल्य मान्यता उल्लंघन गर्ने काम भएकाले व्यवहारमा नसच्चिएसम्म सहकार्य हुन नसक्ने यताबाट जवाफ दिइएको महतले बताएका छन्।