रुपन्देहीमा १३ संक्रमितको मृत्यु, थप ७९७ जनामा संक्रमण पुष्टि

रुपन्देहीमा १३ संक्रमितको मृत्यु, थप ७९७ जनामा संक्रमण पुष्टि

बुटवल

रुपन्देहीमा २४ घण्टामा ७ सय ९७ जना नयाँ कोरोना सक्रमित थपिँदा १३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

रुपन्देहीमा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा १ सय ५ जना महिला, १ सय ५० जना पुरुष सक्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा ३२ महिला र ३५ पुरुष नयाँ सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

त्यसैगरी, तिलोत्तमा नगरपालिकामा ६७ महिला, ६९ पुरुष, सियारी गाउँपालिकामा १ महिला, ४ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा १७ महिला १९ पुरुष, गैँडहवा गाउँपालिकामा ३ पुरुष, मायादेवी गाउँपालिकामा २ महिला १ पुरुष सक्रमित भएका छन् ।

सैनामैना नगरपालिकामा १९ महिला २४ जना पुरुष सक्रमित थपिएका छन्। ओमसतिया गाउँपालिकामा ३ महिला, ४ पुरुष सक्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा ८ महिला ४ पुरुष सक्रमित भएका छन् । रोहिणी गाउँपालिकामा १ महिला ४ जना पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकामा २ महिला, सुद्धोधन गाउँपालिकामा ७ महिला, ५ पुरुष, कोटहीमाई गाउँपालिकामा १ जना महिला नयाँ सक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म रुपन्देहीमा कोरोना संक्रमितको संख्या १५ हजार ३ सय ५३ पुगेको छ। जसमध्ये १० हजार १ सय ६५ जना निको भएका छन् भने कुल मृत्यु हुनेको संख्या २ सय ३३ जना र सक्रिय सक्रमितको संख्या ४ हजार ९ सय ५५ जना पुगेको छ ।


Leave a Reply

Your email address will not be published.