शिक्षण अस्पतालमा १४० शय्याको कोरोना उपचारका कक्ष सञ्चालनमा

शिक्षण अस्पतालमा १४० शय्याको कोरोना उपचारका कक्ष सञ्चालनमा

काठमाडौं – शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना संक्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ। क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड-१९ उपचार कक्ष बनाउन लागिएको हो। अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले त्यस किसिमको व्यवस्था गरिएको बताए।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अस्पतालले अहिले २५० शय्या कोभिडका बिरामीका लागि छुट्याएको छ। यीमध्ये २१८ बिरामीले उपचार गराइरहेका छन्। अस्पतालमा उपचार गराउन आएका कोभिडका बिरामीमध्ये यसपटक दुईको मृत्यु भइसकेको छ।


Leave a Reply

Your email address will not be published.