भारतमा कोरोना सुनामी : पछिल्लो २४ घण्टामा थपिए सबैभन्दा बढी संक्रमित र मृतक

भारतमा कोरोना सुनामी : पछिल्लो २४ घण्टामा थपिए सबैभन्दा बढी संक्रमित र मृतक

काठमाडौं – भारतमा कोरोना संक्रमण र मृत्युको दैनिक तथ्यांकले रेकर्ड राख्ने क्रम जारी छ। पछिल्लो २४ घण्टामा भारतमा हालसम्मकै सबैभन्दा बढी संक्रमित मात्र होइनन् मृतक पनि थपिएका छन्।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १२ हजार ६१८ नयाँ संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ करोड १० लाख ६४ हजार ८६२ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ३५ लाख ६२ हजार ७४६ छ।

गत २४ घण्टामा करिब ४ हजारले ज्यान गुमाएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९८२ संक्रमितले ज्यान गुमाएका छन्। योसँगै भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३० हजार १७० पुगेको छ।


Leave a Reply

Your email address will not be published.