माफियातन्त्रको ‘नाइके’ ओली नै होइनन्?
झापाको बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिलाउने प्रयासमा चिकित्सा सेवा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बन्धकसरहको व्यवहार गरियो, त्यो पनि प्रधानमन्त्री निवासमै। प्रधानमन्त्री केपी ओलीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई साथमा राखेर गरेको यो कृत्यले जगहसाइमात्र गरेन, महामारीबाट आक्रान्त परिस्थितिमा वर्तमान सरकारको खास ध्यान कता छ भन्नेसमेत थप प्रष्ट पार्यो।
दुर्गा प्रसाईं नामक एक विचौलिया पात्रको हित साँधेर सार्वजनिक चिकित्सा क्षेत्रका मूल्यमान्यता, नियमकानूनलाई बलात कुल्चन स्वयम् प्रधानमन्त्री अघि सर्नु लोकतान्त्रिक व्यवस्थाकै चीरहरण हुने घटना हो। भलै यसले सरकारलाई अलिकता पनि लाज लागेको छैन। तर आममानिसमा व्याप्त एउटा शंकालाई चाहिँ खुला प्रश्न बनाइदिएको छ–माफियातन्त्रका नाइके प्रधानमन्त्री नै हुन् त?