कला र हेमन्तको ‘किन झस्कियौ’

कला र हेमन्तको ‘किन झस्कियौ’

काठमाडौं – चर्चित गायिका कला लम्सालको प्रस्तुती रहेको ‘किन झस्कियौ’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक भएको गीतमा लम्साल र सर्जक तथा गायक हेमन्त सर्माको स्वर रहेको छ।

रमेश विजिको शब्द र दिपक शर्माको संगीत रहेको गीतमा नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा सुधिर श्रेष्ठ र जुना सुन्दासको अभिनय देख्न सकिन्छ। भिडियोमा केशवराज भट्टको कोरियोग्राफ, विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन रहेको छ।

कला लम्साल युट्युब च्यानलबाट गीत र भिडियो बुधबार सार्वजनिक गरिएको हो।


Leave a Reply

Your email address will not be published.