नेपाली फिल्म ‘चुरीफुरी’ हलमा रिलिज

नेपाली फिल्म ‘चुरीफुरी’ हलमा रिलिज

काठमाडौं – आजदेखि (शुक्रबार) देशभरका हलमा फिल्म ‘चुरीफुरी’ रिलिज भएको छ। ऋषिराज आचार्यद्वारा निर्देशित हास्य प्रधान फिल्मले युवा पुस्ताको कथा समेटेको छ। फिल्म कमेडी जनरामा बनेको छ। रविन्द्र झा, सुबोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्यलगायतको अभिनय फिल्म देख्न सकिन्छ।

दीपक शर्माको संगीत, राहुल राईको छायांकन र नविन निरौलाको सम्पादन फिल्ममा छ। विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सहनिर्माता रहेको फिल्मको ऋषिराज आचार्य र रीना ढकाल भण्डारी निर्माता हुन्। निर्देशक आचार्यले नै फिल्मका लेखक हुन्। फिल्म दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटले गरेको छ। फिल्मले मल्टिप्लेक्समा भने थोरै शो पाएको छ।

अहिले हलमा हलिउड फिल्म ‘स्पाइडर म्यान’ र साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘ पुष्पा’ रिलिज भइरहेको छ। यी दुई फिल्मले हलमा राम्रै दर्शक पाइरहेका छन्। स्पाइडर म्यान र पुष्पाको दबदबा कायम रहेको बेला चुरीफुरीले दर्शक पाउन अलि सकस पर्ने देखिन्छ।


Leave a Reply

Your email address will not be published.