पहिचानका लागि संघर्ष गर्नेहरूको कथा ‘ढकियामे नागरिकता’

पहिचानका लागि संघर्ष गर्नेहरूको कथा ‘ढकियामे नागरिकता’

काठमाडौं– नागरिकताका लागि संघर्ष गर्नेहरुको कथा‘ढकियामे नागरिकता’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ।

थियेटरकर्मी सरिता साहको निर्देशनमा प्रदर्शन हुन लागेको ‘ढकियामे नागरिकता’ नाटकको पोस्टर यस अघि नै सार्वजनिक भइ सकेको छ।

नागरिकताका लागि सास्ती खेपिरहेका नेपाली नागरिकहरुको कथा समेटर प्रदर्शनमा आउन लागेको यो नाटक माघ १ गतेदेखि १० गतेसम्म हरेक दिन साँझ ४ः३० बजे शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ।

नाट्कको माध्यमबाट जन्मसिद्ध नागरिकता पाएका आमा बुवाको छोराछोरीले वंशजको आधारमा नागरिकताविहीन हुन पुगेको, विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान् मरेपछि नागरिकता न पाएको कारण राज्यले दिने विभिन्न सेवा सुविधाहरुबाट बञ्चित हुन पुगेको, भूमि नभएको कारण नागरिकता नपाएको जस्ता समस्याहरु देखाउने प्रयास गरिएको छ।

राज्यले नागरिकता जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौँ नागरिकहरु अनागरिक हुनु परेको भन्दै साहले आफ्नो नाटकमार्फत आमनागरिकको समस्या जनसमुदाय समक्ष प्रस्तुत गर्ने बताएकी छन्।

‘नागरिकता सम्बन्धी राज्यले बनाएको कानून कार्यान्वयन नहुदाँ लाखौँ नागरिकहरु नागरिकता बिहिन हुन पुगेका छन्’, निर्देशक साहले भनिन्, ‘संविधानमा भएको व्यवस्था कार्यान्वयन नगर्ने समस्या त छँदै छ, अर्कोतर्फ पुरुषवादी र नस्लवादी सोचका कारण पनि खास गरि महिलाहरुलाई नागरिकता लिन समस्या छ विद्यमान रहेको छ। जन्मसिद्धका सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता मासिन्छ भन्ने डरलाई नाटकमार्फत प्रस्तुत गरिने छ ।’

नाटकको विषय वस्तुबारे निर्देशक तथा लेखक साहले थपिन्, ‘राज्य सत्तामा रहेका व्यक्तिहरुले आफ्नो अनुकूल नियम कानुन बनाइदिने, बनाएका कानुनहरु कार्यान्वयन नगर्ने, अदालतको आदेश सिडिओले नमान्ने जस्ता समस्याहरु देखिएको छ।’

प्रसाशनको कमी कमजोरीले समेत कसरी नेपाली नागरिक अनागरिक भएर बस्नु परेको छ भन्ने कुरालाई नाटकीय शैली उतार्ने छ।

नाटकमा कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), संजय मुडियारी (मोरङ), सुदिप जंङ कार्की (मोरङ), सुदिप पटेल (धनुषा), सुस्मिता पोख्रेल (सुनसरी), प्रिन्स साहको अभिनय गर्ने छ।

यसअघि थियेटरकर्मी सरिता साहले निर्देशन गरेको चर्चित ‘फगुनिया’ लघु फिल्म टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले तेस्रो संस्करणमा प्रथम भएको थियो।


Leave a Reply

Your email address will not be published.