भारत ७३ औं गणतन्त्र दिवस मनाउँदै

भारत ७३ औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौं-आज २६ जनवरी। भारत आफ्नो ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ। सन् १९५० मा आजकै दिन भारतले गणतान्त्रिक संविधान लागू गरेको थियो। गणतन्त्र दिवसको अवसरमा हरेक वर्षजस्तै नयाँदिल्लीस्थित राजपथमा भारतको सौर्य र संस्कृति झल्किने परेड भएको छ।

परेड समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीका साथै विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थित छ।

कोरोना महामारीका कारण यस वर्ष पाँच हजार मानिसलाईमात्रै परेड हेर्न अनुमति दिइएको छ। गणतन्त्र दिवसको अवसरमा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले भारतलाई शुभकामना दिएका छन्।

‘भारतीय जनता र भारत सरकारलाई गणतन्त्र दिवसको शुभकामना! इतिहासले छोडेको तिक्तता वार्ताका माध्यमबाट समाधान होस् र आगामी दिनमा सहयोग र मित्रता नयाँ उचाइमा अगाडि बढोस्,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।


Leave a Reply

Your email address will not be published.