हाम्रै अडानले एमसिसी व्याख्यात्मक घोषणासहित पास भयाे : एकीकृत समाजवादी [पूर्णपाठ]
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले आफूहरुले लिएको अडानका कारण एमसिसी सम्झौता यथास्थितिमा पारित हुनबाट जोगिएको दाबी गरेको छ।
मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको दाबी गरेको छ।