रुस-युक्रेन युद्ध : अझै बढ्नसक्छ सुनकाे भाउ
नेपाली सुनचाँदी बजार अहिले ठप्पजस्तै छ। सुनको भाउ आकाशिएको छ। रूस-युक्रेनको युद्धसँगै विश्वभरि नै सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अहिले नेपालमा सुनचाँदीको व्यापार अहिले सुस्ताए पनि केही समयपछि त्यसमा विस्तारै सुधार आउनेछ।
‘विश्वमा भएका यस्ता घटनाहरूका कारण संसारभरि नै सुनको भाउ बढ्छ’ उनले भने ‘तर रूस र युक्रेनको युद्ध सकिएसँगै यो फेरि सामान्य अवस्थामा आउनेछ।’
महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ६ रुपैयाँ पुगेको थियो।