लोसपा निर्णय : गठबन्धनका लागि खुला, राजधानी नछोड्न कार्यकारिणी सदस्यहरूलाई निर्देशन

लोसपा निर्णय : गठबन्धनका लागि खुला, राजधानी नछोड्न कार्यकारिणी सदस्यहरूलाई निर्देशन

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावी गठबन्धनका लागि आफूलाई खुला राख्ने निर्णय गरेको छ।

बुधबार सुरु भएर बिहीबार सकिएको लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो।

आवश्यकताअनुसार कुनै पनि दलसँग गठबन्धन गर्न खुला गर्न सकिने निर्णय बैठकले गरेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

‘स्थानीय चुनावमा गठबन्धन गर्न हामी खुला छौं। आवश्यकताअनुसार गठबन्धनसम्बन्धी निर्णय केन्द्रले मात्रै होइन स्थानीय तहले पनि गर्न सक्छ,’ झाले भने।

लोसपाका कार्यकारिणी सदस्यहरूलाई चैत मसान्तसम्म काठमाडौंमै ‘स्ट्यान्डवाइ’ रहन निर्देशन दिइएको छ। अध्यक्ष महन्थ ठाकुरले बैठकमा कार्यकारिणी सदस्यहरूलाई चैत मसान्तसम्म काठमाडौं नछोड्न निर्देशन दिएका हुन्।

स्थानीय तहको चुनावका साथै अन्य विषयहरूमा निर्णय गर्नुपर्ने भएकाले कार्यकारिणी सदस्यहरूलाई काठमाडौं नछोड्न निर्देशन दिइएको झाले जानकारी दिए।

बैठकमा प्रस्तुत भएको सबै सुझावहरू समेटेर विधान पारित गर्ने निर्णय लोसपाले गरेको छ। त्यस्तै प्रशिक्षण र संगठन विस्तार कार्यलाई तिब्रताका साथ अगाडि बढाउने निर्णय बैठकले गरेको छ।


Leave a Reply

Your email address will not be published.