रोनाल्डोकाे ह्याट्रिकमा म्यानचेस्टर विजयी

रोनाल्डोकाे ह्याट्रिकमा म्यानचेस्टर विजयी

काठमाडाैं – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई हराएको छ। घरेलु मैदान ओल्ड टार्फोडमा भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ३–२ गोलले हराएको हो।

म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। रोनाल्डोले खेलको सातौं, ३२औं र ७६औं मिनेटमा गोल गरे। रोनाल्डोको यो करियरको ६० औं ह्याट्रिक पनि हो। नर्विचका केइरन डोवेला र टिमु पुकीले एक-एक गोल फर्काए।

जितसँगै युनाइटेडको ३२ खेलमा ५४ अङ्क भएको छ। युनाइटेड पाँचौं स्थानमा छ। समान खेलमा २१ अङ्कका साथ नर्विच पुछारमा छ।

हिजो भएको अर्को खेलमा साउथह्याम्टनले आर्सनलाई १–० ले हराएको छ । साउथह्याम्पटनका जन बेडनारेकले खेलको ४४औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै साउथह्याम्पटनले ३२ खेलमा ३९ अङ्क जोडेको छ । साउथह्याम्पटन १२ औँ स्थानमा छ । आर्सनल ५४ अङ्कका साथ छैटौँ स्थानमा छ । अर्को खेलमा टोटेनह्यामलाई ब्राइटनले १–० र ब्रेन्टफोर्डले वाट्फोर्डलाई २–१ ले हराएको छ।


Leave a Reply

Your email address will not be published.