जनकपुर पुगेर देउवाले भने, राम-सीताको गठबन्धन भएको ठाउँमा हाम्रो गठबन्धन कमजोर हुँदैन

जनकपुर पुगेर देउवाले भने, राम-सीताको गठबन्धन भएको ठाउँमा हाम्रो गठबन्धन कमजोर हुँदैन

 

 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘राम-सीता’को गठबन्धन भएको ठाउँमा पाँच दलीय गठबन्धन कमजोर हुन नसक्ने बताएका छन्।

 

जनकपुरमा शनिबार आयोजति चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई अब पराजित हुने छुट नभएको पनि बताए।

 

उनले देशभरि गठबन्धनको पक्षमा माहोल बढ्दै गएको पनि दाबी गरे।

 

‘गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेरै साध्य छैन। कतै कतै असन्तुष्टि होलान् तर हामी सबै अनुशासनमा बस्नुपर्छ’ देउवाले भने ‘गठन्धनको विरोध सह्य हुँदैन। पार्टीले कारबाही गर्छ। धेरैलाई गरिरहेको पनि छ।’

 

उनले चितवनमा केही समस्या देखिए पनि अहिले त्यो समाधान भइसकेको पनि दाबी गरे।

 

‘गठबन्धनमा कहिँकतै समस्या छैन। चितवनमा अलि अलि समस्या देखिएको थियो तर अहिले सबैलाई हावा खाइसके’ उनले भने ‘वागी बनेर पार्टीको झन्डा बोक्नेलाई कारबाही हुन्छ।’


Leave a Reply

Your email address will not be published.