मैले चिनेको सिर्जना दिदी
नाम सुनेको पञ्चायत कालमै, पहिलो भेट भएको ३२ वर्षअघि प्रजातन्त्र पुनर्स्थापित भएपछि गोरखा-काठमाडौं सम्पर्क समितिको पिकनिकमा। घनिभूत छलफल हुने गरेको विगत ८ वर्षदेखि। त्यसैले यति भन्ने मेरो हक नै भयो :
सिर्जना सिंहजस्तो इमानदार, सरल र समन्वयकारी अभिभावकीय भूमिका खेल्नसक्ने महिला नेत्री नेपाली राजनीतिमा विरलै होलान्। विद्यार्थी निर्वाचनमा पम्फा भुसाललाई शंकरदेवमा हराउनुभएकी सिर्जना सिंहमा राजनीतिक ‘इन्स्टिङ्क्ट’ र पी एल सिंहको ‘मेयोरल लिगेसी’ को प्रभाव छ। ठुल्ठुला गफ भन्दा गर्न सकिने खुला पार्क, सडक, पानी, फोहोर व्यवस्थापनदेखि आधारभूत मानवीय र भौतिक पूर्वाधार, अनि काठमाडौंलाई ‘वर्ल्ड कल्चरल सिटी’ को रुपमा अघि बढाउने अठोट।
नेवा: संस्कृतिप्रतिको निष्ठा तर गोर्खाली चेली भएकोले समस्त नेपालीकै राष्ट्रिय भावना प्रतिनिधित्व गर्न सक्ने ठूलो छाती। नजानेका कुरामा विज्ञहरुको सल्लाह लिएर अघि बढ्ने उद्घोष गर्नुभएकी दिदीको समुन्नत महानगर बनाउने मिसनमा मेरो पूर्ण (अवैतनिक) सहयोग हुने प्रतिवद्धता।
(वाग्ले अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्)