समृद्धिको पक्षमा मतदान गरें- विनोद चौधरी

समृद्धिको पक्षमा मतदान गरें- विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नवलपुरबाट मतदान गरेका छन्। प्रतिनिधि सभाका सदस्यसमेत रहेका उनले स्थानीय तहको निर्वाचनमा नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन्।

मतदानपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले देशको समृद्धिको पक्षमा मतदान गरेको बताए।

दक्षिण एसियामा भारत बाहेकका एक्ला अर्वपति समेत रहेका चौधरीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष जनताले निर्वाचनमार्फत आफ्नो नेतृत्व आफै छान्न पाउनु रहेको बताए।

र, उनले निर्वाचनमा विजय हुने सबै जनप्रतिनिधिहरुलाई जनताको मतको भावनाअनुसार अघि बढ्ने सफलताको कामनासमेत गरे।


Leave a Reply

Your email address will not be published.