जनकपुर मतगणना : मेयरमा बागी, उपमेयरमा कांग्रेसको अग्रता

जनकपुर मतगणना : मेयरमा बागी, उपमेयरमा कांग्रेसको अग्रता

जनकपुरधाम उपमहानगरमा शनिबार बिहानदेखि मतगणना सुरू भएको छ। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शनिबार बिहान ५ बजेदेखि सुरू भएको हो।

मतगणनाको प्रारम्भिक परिणामअनुसार मेयर पदमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले अग्रता लिएका छन्।

साहलाई स्वतन्त्र उम्मेदवार बलराम महतोले पछ्याएका छन्। ७ मत गणना हुँदा मनोजले ३९ र महतोले १० मत प्राप्त गरेका छन्। त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले ७ मत ल्याएका छन्।

पाँच दलीय गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जसपाको भागमा परेपछि मनोजले बागी उम्मेदवारी दिएका थिए।

गठबन्धनका मेयर उम्मेदवार जसपाका लालकिशोर साहले ३, लोसपाका मनोजकुमार चौधरीले ३ र एमालेका शिवशंकर साहले ७ मत प्राप्त गरेका छन्।

उम्मेदवार नै नभए पनि कांग्रेसको रूख चिह्नमा ७ मत खसेको छ।

यता उपमेयरमा कांग्रेसका किशोरी साह ३५ मत ल्याएर अग्रता लिएका छन्।

किशोरीलाई स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १० मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै एमालेकी रुना झा ९, लोसपाकी रिताकुमारी मिश्रले ६ मत ल्याएकी छन्।

 


Leave a Reply

Your email address will not be published.