धनगढीको मतगणना ११ बजेदेखि
काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणनाका लागि बसेको सर्वदलीय बैठक सकिएको छ। प्रदेश निर्वाचन कार्यालयमा बसेको बैठकले अहिले बिहान ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ।
धनगढीमा गठबन्धनबाट कांग्रेसका निर्पबहादुर वड, स्वतन्त्रबाट गोपाल हमाल, एमालेबाट रणबहादुर चन्दलगायत मेयरमा उम्मेदवार रहेका छन्।