घोराही उपमहानगरपालिकाको मतगणना सुरु

घोराही उपमहानगरपालिकाको मतगणना सुरु

काठमाडौं – दाङको घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ। १९ वटा वडा रहेको घोराही उपमहानगरपालिकामा १४ र १९ नम्बर वडाको मतगणना केहीबेर अघिदेखि सुरु भएको हो। त्यहाँ ७६ हजार ५२१ मत खसेको थियो।

दाङकै तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गतेदेखि मात्रै मतगणना गरिने छ। वडा नं १७ का अध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको निधन भएपछि यस वडाको चुनाव ३ गतेका लागि सारिएको छ।

दाङको लमही नगरपालिकासहित अन्य आठ पालिकाको मतगणना पनि सुरु भएको छ।


Leave a Reply

Your email address will not be published.