पर्यटन व्यवसायी सुमन पाण्डे पाटाको कार्यसमितिमा निर्विरोध निर्वाचित

पर्यटन व्यवसायी सुमन पाण्डे पाटाको कार्यसमितिमा निर्विरोध निर्वाचित

काठमाडौं – नेपाली पर्यटन व्यवसायी सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को ७१औं साधारण सभाबाट सचिव र कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

पाटा नेपाल च्याप्टरको पूर्वअध्यक्षसमेत रहेका पाण्डे यसअघि अक्टोबर २०२० मा पहिलोपल्ट मतदानमार्फत सोही पदमा निर्वाचित भएका थिए। उनी आगामी २ वर्षका लागि हुने दोस्रो कार्यकालका लागि भने निर्विरोध निर्वाचित भएका हुन्।

उनी साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटल, रेष्टुरेन्टलगायत क्षेत्रमा संलग्न रहेका छन्। साथै ट्रेकिङ एजेन्टस एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष, एयरलाइन्स अपरेटर्स एसोसिएसन (आवान) को महासचिव, नेपाल पर्यटन बोर्डको सदस्य, नेपाल पर्यटन वर्ष २०११ राष्ट्रिय कार्यसमितिको सदस्यलगायत विभिन्न व्यावसायिक नेतृत्वमा पनि उनी सहभागी भइसकेका छन्।


Leave a Reply

Your email address will not be published.