ललितपुरको गोदावरी नगरपालिकामा गठबन्धन अगाडि
काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकामा माओवादी-कांग्रेसको गठबन्धन अघि देखिएको छ। गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६२५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुना अधिकारीले ६२६ मत प्राप्त गरेकी छन्।
एमालेका उम्मेदवार गम्भीर रानाले ४५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४५२ मत पाएकी छन्। एमालेका वडाध्यक्ष उम्मेदवारले भने ४५३ मत पाएका छन्। गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन्।