जनकपुरधाममा ७०० मतगणना, स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायमै राखेका छन्।
७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन्। साहलाई नेकपा एमालेका शिवशंकर साह हिराले पछ्याइरहेका छन्। हिराले ९५ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोज कुमार चौधरीले ४१ मत प्राप्त गरेका छन्।