नेपालगञ्ज उपमहानगरको मतगणना सुरु

नेपालगञ्ज उपमहानगरको मतगणना सुरु

काठमाडौं – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिइन्।

उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको छ। बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो।

एक उपमहानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा बाँकेका आठ स्थानीय तहमा ३ लाख २९ हजार ४७३ मतदाता रहेका छन्। बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र रहेका थिए।


Leave a Reply

Your email address will not be published.