मनाङ ङिस्याङ गाउँपालिकामा एमालेका कान्छा घले विजयी
काठमाडौं – मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घलेले ८६१ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङले ७१३ मत ल्याइन्।
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भए।
जिल्लामा सबैभन्दा धेरै ३ हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको थियो।