मतपत्रमा हस्ताक्षर नभेटिएपछि महाङ्काल गाउँपालिकाको मतगणना स्थगित

मतपत्रमा हस्ताक्षर नभेटिएपछि महाङ्काल गाउँपालिकाको मतगणना स्थगित

ललितपुर – ललितपुरको महाङ्काल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ। एक घण्टापहिले मतपत्रका विषयमा विवाद भएपछि अहिले छलफल जारी छ। उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिए। केही समयभित्रै समाधान निक्ले पुनः गणना गरिने उनको भनाइ छ।

उक्त गाउँपालिकामा ९ हजार १२ मतदाता रहेकामा ७ हजार ६०० (७७ दशमलव ९६ प्रतिशत) मत खसेको थियो। राति अबेर मतपत्र आएपछि गणना सुरु भएको थियो। हालसम्म गणना भएको मतका आधारमा अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोलेको अग्रता रहेको छ।


Leave a Reply

Your email address will not be published.