धनगढी उपमहानगरको मतगणना सुरु

धनगढी उपमहानगरको मतगणना सुरु

काठमाडौं – कैलालीको धनगढी उपमहानगरको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपछि मतगणना साढे १२ बजेदेखि सुरु भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ।

धनगढी उपमहानगरको नयाँ भवनमा मतगणना भइरहेको छ। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ। सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।


Leave a Reply

Your email address will not be published.