निधिको नगरपालिकामा कांग्रेसको सुरूवाती अग्रता
जनकपुरधाम – नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको नगरपालिकामा कांग्रेसले सुरूवाती अग्रता लिएको छ। धनुषाको नगराईन नगरपालिकामा कांग्रेसले अग्रता लिएको हो। नगरपालिकाको वडा नम्बर १ खडकाको एक सय मतगणना हुँदा कांग्रेसका मेयर पदका उम्मेदवार विनयकुमार यादवले ६२ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपमेयरमा पनि कांग्रेसकै रन्जुकुमारी साहले ५४ मत प्राप्त गरेर अग्रता हासिल गरेकी छिन्।
एमालेका मेयर पदका प्रत्याशी रामबाबु पजियारले ५४ र उपमेयर राधादेवी यादवले ३४ मत प्राप्त गरेका छन्।
लोसपाका मेयर पदका उम्मेदवार राजेश चौधरी र उपमेयर उम्मेदवार उर्मिलादेवी मण्डलले ४/४ मत प्राप्त गरेका छन्।