बन्द तारजालीभित्र काठमाडौं महानगरको मतगणना (तस्बिरहरु)
काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। बिहीबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरको मतगणना भइरहेको हो।
राष्ट्रियसभा गृहमा भइरहेको मतगणनाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई एमालेका केशव स्थापितले ९७ मतसहित पछ्याइरहेका छन् भने ८७ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन्।
तारजालीको घेराभित्र सिसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ। उम्मेदवारका प्रतिनिधिलाई देखाउँदै गणकहरुले मत गनिरहेका छन्।