काठमाडौं महानगरको मतगणनामा ढिलाइ, छिटो गर्ने आयोगको तयारी

काठमाडौं महानगरको मतगणनामा ढिलाइ, छिटो गर्ने आयोगको तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ। आज बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म थोरै संख्यामा मात्र गणना भएको छ।

सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ। दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो सङ्ख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताए। कार्यालयले ६/७ स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ।


Leave a Reply

Your email address will not be published.