बाजुरामा कांग्रेस र एमालेबीच झडप, ९ राउण्ड हवाइ फायर
बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा नेकपा (एमाले) र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले ९ राउड हवाइ फायर गरेको छ।
मतदानस्थलबाट मत पेटिका गणनास्थलमा ल्याउने क्रममा शिल भाँचिएको विषयमा विवाद हुँदा झडप भएको थियो।
बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझाका अनुसार अहिले पनि प्रहरीमाथि ढुंगामुढा भइरहेको छ। मत पेटिका जाेगाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेकाे छ। त्यहाँ अहिले पनि तनावपूर्ण अवस्था छ।