भरतपुरमा रेणु दाेहाेरिने प्रक्षेपण

भरतपुरमा रेणु दाेहाेरिने प्रक्षेपण

काठमाडौं – भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले जित्ने प्रक्षेपण गरिएको छ।

अनुसन्धानमूलक संस्था फ्याक्टस नेपालले गरेको चुनावी प्रक्षेपण अनुसार ४१ प्रतिशतले भरतपुरमा पुरानै उम्मेदवार दोहोरिने प्रेक्षपण गरेको हो।

यस्तै सर्वेक्षणमा सहभागी भएका २९.९ प्रतिशतले नेकपा एमालेका उममेदवार विजय सुवेदीले जित्ने बताएका छन्।

उक्त अध्ययन अनुसार उम्मेदवार जित्ने आधारका रुपमा व्यक्तित्व, दल, सम्बन्धलाई लिइएको छ। साथै भरतपुरमा ६४ प्रतिशत जनता अघिल्लो नेतृत्वसँग खुसी देखिएको साे एक्जिट पाेलले जनाएको छ। यस्तै अध्ययनले सम्भावित उपमेयरमा समेत गठबन्त्रनकै उम्मेदवारले जित्ने प्रक्षेपण गरेकाे छ।

 


Leave a Reply

Your email address will not be published.