वीरगञ्ज महानगरमा जसपाका राजेशमानले लिए सुरुवाती अग्रता
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन्।
गठबन्धनका उम्मेदवार सिंहले १७५ मतगणना हुँदा ७९ मत ल्याएका छन् भने नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत ल्याएका छन्। राप्रपाका गिरिस गिरीकाे २ मत छ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३९ मत ल्याएका छन् भने राप्रपाकी बिना जैयसवालले ५ मत पाएकी छन्।