पोखरा महानगरमा गठबन्धनलाई पछ्याउँदै एमाले

पोखरा महानगरमा गठबन्धनलाई पछ्याउँदै एमाले

पोखरा – पोखरामा महानगरपालिकामा गठबन्धनले अग्रता बनाएको छ। सुरुवाती डेढ सय मत गन्दा एकीकृत समाजबादीका धनराज आचार्यले २३ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २२ मत ल्याएका छन्।

वडा नम्बर १ मा गठबन्धन र १२ मा एमाले अघि देखिएका हुन्। वडा नम्बर १ को ५० मत गणना भएको छ।

उपमेयरमा नेपाली कांग्रेकी कोपिला रानाभाटको २२ मत आएको छ भने एमालेकी मन्जु गुरुङले २० मत प्राप्त गरेकी छन्। यो वडा यसअघि एमालेले जितेको वडा हो।

१२ मा १ सय मत गन्दा एमालेले ३९ मत पाएको छ भने गठबन्धनले २६ मत छ। १२ मा १० मत र १ मा ५ मत बदर भएको बताइएको छ।

 


Leave a Reply

Your email address will not be published.