देउवाको पालिकामा कांग्रेसका कार्की विजयी
डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका इन्द्रबहादुर कार्की निर्वाचित भएका छन्।
कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन्।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन्। उनले ३ हजार १३ मत पाइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन्।
प्रधानमन्त्री देउवाले वडा नं. १ को रुवाखोलाबाट मतदान गरेका थिए। सो वडामा भने कांग्रेसका उम्मेदवार पराजित भए। याे पालिकामा देउवासँग असन्तुष्ट रहेको कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्ल पक्षका कांग्रेस बिपीको नाममा एमालेसँग चुनावी तालमेल गरेर प्रतिस्पर्धामा उत्रिएको थियाे।
अहिलेसम्म जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ७ वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी,माओवादी केन्द्र एक नेपाली कांग्रेस बिपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए।