जनकपुरधाम उपमहानगरमा स्वतन्त्रको अग्रता कायमै

जनकपुरधाम उपमहानगरमा स्वतन्त्रको अग्रता कायमै

जनकपुरधाम- जनकपुधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन्।मतगणनाको पछिल्लो परिणामअनुसार १ हजार ९३३ मत गणना हुँदा ७१९ मत प्राप्त गरेर उनले अग्रता कायम गरेका हुन्।

गठबन्धनको भागबन्डामा मेयर जसपाको भागमा परेपछि कांग्रेस उपमहानगर समिति सभापतिसमेत रहेका मनोजले पार्टीबाट राजीनामा गरेर मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले २१९ मत प्राप्त गरेका छन्।

त्यस्तै लोसपाका मेयर पदका उम्मेदवार मनोज चौधरीले १३४ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार लालकिशोर साहले १०१ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतो १४७ र अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले ६३ मत ल्याएका छन्।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका किशोरी साहले मतगणनाको पछिल्लो परिणामअनुसार ७९० मत ल्याएका छन्।

नेकपा एमालेकी रुना झाले २५१, लोसपाकी रिताकुमारी मिश्रले १७१ र स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरीले १६६ मत प्राप्त गरेका छन्।

बिहान ५ बजेदेखि सुरू भए पनि अहिलेसम्म केवल एउटा वडाको मात्रै मतगणना सुम्पन्न भएको हो। सुस्त गतिमा भइरहेको मतगणनाका कारण उपमहानगरपालिकाको २५ वडाको मतगणना लम्बिने देखिएको छ।

निर्वाचन अधिकृतको कार्यालयले शनिबार राति वडा नम्बर २ र ३ को मतगणना गरिने जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published.